Author Archives: Janak Raj Sapkota

मलेसियामा ठगिँदै नेपाली कामदार (Nepali)

Published by:

क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन् । त्यसैले फर्कन हतारिएका थिए । तर गैरकानुनी हैसियतमा भएकै कारण उनलाई घर फर्किन महँगो परिरहेको थियो । २६ सय रिंगिट अर्थात् नेपाली ६५ हजार नेपाली रुपैयाँ ‘दलाल’ को हातमा सुम्पेर घर फर्कने मेलोमेसो मिलाउँदै थिए उनी । भट्टले तिरेको पैसा ‘आवश्यक’ रकमभन्दा एक तिहाइले बढी हो ।

वैशाखयताको चार महिनामा मात्रै उनीजस्तै ६ हजार ६ सय ८३ गैरकानुनी हैसियतका नेपाली कामदारले ट्राभल डकुमेन्ट बनाएको दूतावासको रेकर्ड छ । अहिले ‘विधिसम्मत’ रूपमा प्रत्येक कामदारले घर फर्कंदा हवाई शुल्कसहित कम्तीमा २३ सय रिंगिट खर्च गर्नुपर्ने देखिन्छ । जसमा ट्राभल डकुमेन्टका लागि १ सय ६० रिंगिट, फोटोका लागि २० रिंगिट, घरफिर्ती प्रक्रियाका लागि मलेसिया सरकारले तोकेको कम्पनी हारफासेले लिने सेवा शुल्क ५ सय ५० रिंगिट, मलेसियाको अध्यागमन कार्यालयमा बुझाउनुपर्ने ४ सय रिंगिट र हवाई शुल्क समेटिएको हुन्छ ।  Continue reading

सकसका ५६ दिन (Nepali)

Published by:

२०७४-२०७४ असार ४ गते । चितवन गीतानगरस्थित घरबाट बुबाले एकै सासमा यति कुरा भन्नुभयो, ‘लौन के गर्ने ? त त्यहाँ छस् । के कसो गर्नुपर्ने हो तुरुन्तै बुझिहाल । सकेसम्म छिटो गर्नुपर्‍यो ।’

यति हतारिएको र मलिनो स्वरमा बुवा हत्तपत्ती बोल्नुहुँदैनथ्यो । उहाँको स्वर अक्सर गर्विलो हुने गथ्र्यो । फोन राख्नेबित्तिकै म सलङ भएँ । नसामा रगत हैन पानी बगेजस्तै भयो ।

मैले सबैभन्दा पहिले धनवीर ठूलाबालाई सम्झें । छिमेकी र बाको समवयी भएकैले उहाँलाई ठूलाबा सम्बोधन गर्थें । ठूलाबाको शालीन र मायालु स्वरले मात्रै हैन, सधैं केही न केही नयाँ गरिराख्ने र नथाक्ने स्वभावले मलाई सधैं आकर्षित गरिराख्यो । त्यति असल मान्छेको जीवनको उत्तराद्र्धमा यति ठूलो शोक पर्नु सामान्य कुरा थिएन । मनमनै सोचें, भगवान् छन् भने तिनी निर्दयी रहेछन् । तिनले पाप र धर्मको ख्याल गर्न पटक्कै जान्दा रहेनछन् । Continue reading